Wednesday, December 14, 2016

शिक्षा र धर्मकाे संगमस्थल यस सप्ताहव्यापी श्रीमद् भागवत् धनधान्याचल विराट ज्ञान महायज्ञमा कथा श्रवण तथा दान गरी दाेहाेराे पुण्य लाभ लिने क्रम जारी । 



मंसीर ३०, २०७३
श्री गणेश माध्यामिक विद्यालय, नारायणस्थान ५ बाग्लुङ ।

दानवीर श्री हरिबहादुर श्रेष्ठ, प्रधान संरक्षक श्री गणेश मा वि । 

श्री गणेश माध्यामिक विद्यालय अवसरले भरीपूर्ण भविष्यमा विश्वास गर्दछ । त्यस्ताे भविष्य जहाँ सही शिक्षा र सीपबाट सुसज्जित मानव संसाधनका माध्यमबाट विकाशाेन्मुख देशहरू अाफ्नाे सुदुर भविष्य निर्माणका लागी नयाँ गाेरेटाे काेर्न सक्छन् । श्री गणेश माध्यामिक विद्यालय विश्वास गदर्छ कि शिक्षा नै गरीवी, असमानता र अस्थिरता हटाउने अनि जलवायु परीवर्तन, राेगब्याधी र अतिवादसंग लड्ने अचुक अस्त्र हाे । र, गणेश माध्यामिक विद्यालय याे कुरामा पनि सचेत छ कि सारा संसारकाे अर्थतन्त्र एक अापसमा अर्न्तनिर्भर छन् । यसरी एकअापसमा अर्न्तनिर्भर अर्थतन्त्रमा अाजका युवाहरूलार्इ समय सुहाउँदाे शिक्षा र सीप प्रदान नगर्नु देशका लागि अार्थिक र सामाजिक रूपमा ठूलाे नाेक्सानी हुनेछ । हामी अतितमा फर्केर हेर्नु अावश्यक छैन कि,यदी हामीले प्रतिबद्दता गरेकाे कुराबाट हामी बिमुख भयाैं भने देश कहाँ पुग्छ । अवसरबाट बन्चित युवाहरू सजिलै षडयन्त्र, जालझेल र अतिवादकाे दुष्चक्रमा फस्नेछन् । तसर्थ, विद्यार्थीहरूलार्इ समय सापेक्ष २१ अाैं शताब्दीका लागी अावश्यक शिक्षा र सीप प्रदान गर्नु अाज अपरिहार्य भैसकेकाे छ । सरकारी विद्यालयमा पनि गुणस्तरीय शिक्षा संभव छ, मिलेर हामी सक्छाैं भन्ने भनाइलाइ गणेश माविले साथर्क तुल्याउन सकेकाे छ । यसै सन्दर्भमा यस विद्यालयले अाफ्ना बालबालिकालार्इ २१ अाैं शताब्दीका चुनाैतीहरूलार्इ सामना गर्न सक्ने बनाउन र गुणस्तरीय शिक्षामा भैरहेकाे प्रयासकाे सम्बर्धन, संरक्षण र विस्तार गर्न अावश्यक पूर्वाधार विकासका लागी यही मंसीर २८ गतेदेखि पाैष ५ गतेसम्म विद्यालय प्राङणमा श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञकाे अायाेजना गरीरहेकाे छ ।

अादरणीय श्रदालुजनहरू कथा श्रवण गर्दै ।

मंसीर २९, २०७३ बुधबार सप्ताहव्यापी श्रीमद् भागवत् धनधान्याचल विराट ज्ञान महायज्ञकाे दाेस्राे दिन ।
समस्त शुभचिन्तक, धर्मानुरागी, शिक्षाप्रेमी, समाजसेवी, राजनितीककर्मी, शिक्षाविद्, अभिभावक सबैबाट शिक्षा र धर्मकाे संगमस्थल यस महायज्ञमा सहभागी भै कथा श्रवण तथा दान गरी दाेहाेराे पुण्य लाभ लिने क्रम अाज पनि जारी रह्याे ।

नेपालकाे शिक्षाक्षेत्रमा शुरूदेखी नै समुदायकाे लगानी रहँदै अाएकाे छ । त्याे विक्रम संवत् २०२८ अगाडी हाेस् या त्याे भन्दा पछाडी । श्री गणेश माध्यामिक विद्यालयकाे स्थापना वि.सं. २०१४ सालमा भारतीय साेल्जर बाेर्डकाे सहयाेगमा भएकाे थियाे । वि.सं. २०२१ सालमा भारतीय साेल्जर बाेर्डकाे सहयाेग बन्द भएपछि विद्यालय केही वर्ष धर्मराउँदै चलिरह्याे । तर वि.सं. २०२८ सालमा याे बन्द हुन पुग्याे । पुन २०३७ सालमा समुदाय जागरूक भै यसकाे पुन संचालन हुन गयाे । त्यसदेखि यता यस विद्यालय अाफ्ना अभिभावककाे चाहना अनुरूप विद्यार्थीहरलार्इ गुणस्तरीय शिक्षा प्रदान गर्नमा प्रतिबद्द रहँदै अाएकाे छ । यसैकाे प्रतिफल विद्यालय गत साल पश्चिमान्चल क्षेत्रमा प्रथम तथा राष्टिय रूपमा तेस्राे हुन सफल भयाे ।

अभिभावकाे सधैंकाे माया ममताले नै याे विद्यालय यस अवस्था सम्म अाउन सकेकाे हाे । ती सबै अभिभावकज्यूहरूमा जसले अाफ्नाे गाँस काटेर यस विद्यालयमा सहयाेग गर्नु भाे ति सबै अभिभावकहरूमा  विद्यालय हार्दिक नमन गर्दछ । हिजाे रू. १, रू. २, रू ५, रू. १०, रू. १५, रू. ५० दिएर पनि कैयाैं पटक यस विद्यालयमा सहयाेग गर्नुहुने सबै सबै अभिभावक, विद्दतवर्ग, शिक्षाप्रेमी, समाजसेवी धन्यबादकाे पात्र हुनुहुन्छ ।

दानवीर मनहरू । मानिस ठूलाे दिलले हुन्छ । सकारात्मक साेच हाम्राे पहिचान ।

र अहिले यस महायज्ञमा पनि ती समस्त शुभचिन्तक अभिभावकज्यूकाे सक्रिय साथकाे अावश्यक छ । हामी सम्पूर्ण शुभचिन्तक,  धर्मानुरागी, शिक्षाप्रेमी, समाजसेवी, राजनितीककर्मी, शिक्षाविद्, अभिभावक सबैमा एक पटक पुन दिल खाेलेर सहयाेग गर्नुहुन हार्दिक अपील गर्दछाैं ।

महायज्ञकाे दाेस्राे दिन बुधबारका दिन पनि हामीलार्इ मन खाेलेर दिलपूर्वक सहयाेग गर्ने अभिभावकज्यूहरूबाट रू. १०,४४, ०४९।०० (अक्षरूपी रू. दश लाख चवालीस हजार उनन्पचास रूपैया मात्र) प्राप्त भएकाे छ भने अाजसम्म कुल रू. ६३,१९,२३१।०० (अक्षरूपी रू त्रिसठ्ठी लाख उन्नाइस हजार दुर्इ सय एकतीस मात्र) प्राप्त भएकाे छ । दानवीर मन सबैमा हार्दिक नमन् । सधै खान पुगाेस्, दिन पुयाेस् ।

गुणस्तरीय शिक्षा संभव छ, मिलेर हामी सक्छाैं ।


अाजकाे महायज्ञका केही झलकहरू















Tuesday, December 13, 2016

श्री गणेश माध्यामिक विद्यालयद्वारा अायाेजित सप्ताहव्यापी श्रीमद्भागवत् धनधान्याचल विराट ज्ञान महायज्ञकाे शुभारम्भ 

नेपाल सरकारका वाणिज्य मन्त्री माननीय श्री नविन्द्रराज जाेशीज्यूबाट पानसमा दिप प्रज्वलन गरी सप्ताहव्यापी यस श्रीमद् भागवत् धनधान्याचल विराट ज्ञान महायज्ञकाे समुद्घाटन गर्दै । 

मिति २०७३ मंसीर २९
श्री गणेश माध्यामिक विद्यालय, नारायणस्थान ५, बलेवा बाग्लुङ ।

श्री गणेश माध्यामिक विद्यालय, नारायणस्थान ५, बाग्लुङद्वारा अायाेजित सप्ताहव्यापी श्रीमद् भागवत् धनधान्याचल विराट ज्ञान महायज्ञ यही मिति २०७३ साल मंसीर २८ गते मंगलबारका दिन एक भव्य समाराेहकाबीच समुद्घाटन भयाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं श्रीमद् भागवत् धनधान्याचल विराट ज्ञान महायज्ञका अध्यक्ष श्री नारायणप्रसाद श्रेष्ठकाे सभापतित्वमा संचालित यस कार्यक्रमकाे समुद्घाटन नेपाल सरकारका वाणिज्य मंत्री माननीय श्री नविन्द्रराज जाेशीज्यूबाट दिप प्रज्वलन गरी गरीएकाे थियाे ।

विहान ११ बजे शाेभाकलश यात्राका साथ शुरू भएकाे समुद्घाटन कार्यक्रम बेलुकी ५ः३० बजे सम्पन्न भएकाे थियाे । कार्यक्रममा विशिष्ट अतिथीका रूपमा भागवत् भाष्कर युवा पण्डित एवं राष्टिय पराेपकार  महासंघ नेपालका अध्यक्ष गुरूदेव कमलनयन गाैतमज्यू, बाग्लुङ क्षेत्र नं. २ का सभासद् माननीय श्री प्रकाश शर्मा, बाग्लुङ क्षेत्र नं. ३ का सभासद् माननीय श्री ज्ञानकुमारी छन्त्याल, नेकपा एमाले, पवर्तबाट माननीय श्री कल्पना चापागार्इं, नेपाली कांग्रेस बाग्लुङबाट माननीय श्री रत्ना शेरचन, पश्चिमान्चल क्षेत्रिय शिक्षा निर्देशक श्री विष्णुप्रसाद अधिकारी उपस्थित रहनुभएकाे थियाे भने अतिथीका रूपमा श्रीमान् प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयज्यू, जिल्ला प्रशाशन कार्यालय बाग्लुङ, श्रीमान् स्थानीय विकास अधिकारी रामप्रसाद अाचार्यज्यू, जिल्ला विकास समितिकाे कार्यालय बाग्लुङ, शाखा अधिकृत खेमप्रसाद अाचार्यज्यू, जिल्ला शिक्षा कार्यालय बाग्लुङ, श्रीमान् कार्यालय प्रमुख, जिल्ला प्रहरी कार्यालय बाग्लुङ, श्रीमान् प्रमुख पूर्ण उपाध्यायज्यू खानपानी तथा सरसफार्इ डिभिजन कार्यालय बाग्लुङ, नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाग्लुङका सभापति श्री दिपेन्द्र थापाज्यू, नेकपा एमाले बाग्लुङ जिल्ला अध्यक्ष श्री श्रीप्रसाद शर्माज्यू, नेकपा माअाेवादी केन्द्र्का ध्रुव परीयार, राजमाे नेपालका याेगेन्द्र पाैडेलज्यू, नयाँ शक्ति केन्द्रका जिल्ला संयाेजक श्री चित्र सापकाेटाज्यू, नेविसंघका सहमहामन्त्री एवं नेका महाअधिवेशन प्रतिनिधी श्री हरीहर शर्माज्यू, नेपाल शिक्षक संघ बाग्लुङका सल्लाहकार श्री उमाकान्त शर्माज्यू, अमेरिका पर्वत समाज अमेरिकाका अध्यक्ष एवं पश्चिमान्चल उद्याेग वाणिज्य संघका पूर्व अध्यक्ष श्री दुर्गाप्रसाद श्रेष्ठ (भरत) ज्यू, उद्याेगी एवं व्यवसायी श्री विषम श्रेष्ठज्यू, उद्याेग वाणिज्य संघ पर्वतका पूर्व अध्यक्ष श्री हाेमनारायण श्रेष्ठ, उद्याेगी एवं व्यवसायी श्री हिमाल श्रेष्ठज्यू, उद्याेगी एवं व्यवसायी श्री हरिनारायण श्रेष्ठज्यू, विद्यालयका प्रधान संरक्षक श्री हरिबहादुर प्रधान, विद्यालयका वरिष्ठ संरक्षक श्री धनबहादुर श्रेष्ठ तथा वहाँकी श्रीमती श्री सूर्य कुमारी श्रेष्ठ, कृण्ण गण्डकी क्याम्पसका अध्यक्ष श्री कृष्णबहादुर खत्री, कृण्ण गण्डकी क्याम्पसका प्राचार्य श्री दिपेन्द्र खड्का, जनताधन माविका प्रअ श्री कुमार पाैडेलज्यू, श्री अाधारभूत निमाविका अध्यक्ष श्री नरबहादुर खत्री, बलेवा पैयुपाटा बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष श्री अमर बहादुर खत्री, बलेवा पैयुपाटा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री ज्ञानेन्द्रराज पन्तज्यू, पृथ्वी उच्चमाविका प्राधानाध्यापक श्री प्रेम चापागार्इंज्यू, नारायणस्थान गाविसका गाविस सचिव श्री नवराज शर्माज्यू,  समाजसेवी श्री हेमराज शर्मा पाैडेलज्यू तथा श्रीमद्भागवत् धनधान्याचल विराट ज्ञान महायज्ञका उपाध्यक्षज्यूहरू, सहसचिव श्री सुरेन्द्र अाचार्यज्यू, काेषाध्यक्ष श्री सु. स्वर्गेन्द्र बहादुर खत्रीज्यू, सहकाेषाध्यक्ष श्री बालामुकुन्द शर्मा ढकालज्यू तथा अन्जुलता श्रेष्ठज्यू, मुल अायाेजक समितिका सम्पूर्ण सदस्यज्यूहरू, सल्लाहकारहरू, श्री गणेश माध्यामिक विद्यालय भूतपूर्व विद्यार्थी समाजका संयाेजक श्री ध्रुव श्रेष्ठज्यू लगायत उपस्थित हुनुहुन्थ्याे । करीव ३००० जना शिक्षाप्रेमी एवं धर्मानुरागीहरूकाे समुपस्थितमा यस समुद्घाटन कार्यक्रक भव्यताका साथ सुसम्पन्न भयाे ।


शाेभा कलश यात्राका केही झलकहरू

शाेभा कलश यात्राका केही झलकहरू

शाेभा कलश यात्राका केही झलकहरू

श्री गणेश माध्यामिक विद्यालय नारायणस्थान ५ बाग्लुङकाे श्रीवृद्दि, स्तराेन्नती तथा गुणस्तरीय शिक्षाका सम्बन्धमा भैरहेका प्रयासहरूकाे संरक्षण, सम्वर्धन र विस्तारकाे लागी रू. ४ कराेडकाे अार्थिक संकलनकाे लक्ष्य सहित संचालित यस महायज्ञमा अर्थ संकलनकाे काम पनि शुरू भैसकेकाे छ । समुद्घाटनका दिन अमेरिका पर्वत समाज अमेरिकाका अध्यक्ष एवं पश्चिमान्चल उद्याेग वाणिज्य संघका पूर्व अध्यक्ष श्री दुर्गाप्रसाद श्रेष्ठ (भरत) ज्यू, उद्याेगी एवं व्यवसायी श्री विषम श्रेष्ठज्यू, उद्याेगी एवं व्यवसायी श्री हिमाल श्रेष्ठज्यूका तर्फबाट मानरत्न प्रतिष्ठानकाे तर्फबाट प्रथम किस्तावापत्काे रकम रू १५ लाख रूपैया, नवलपरासी हर्कट्टाबाट उद्याेगी एवं व्यवसायी श्री हरिनारायण श्रेष्ठज्यूबाट रू. ५ लाख १ हजार रूपैया, श्री गणेश महिला समुह नारायणस्थानका तर्फबाट रू. ४४ हजार ५२५ रूपैया तथा ३ मुरी धान, बाग्लुङ क्षेत्र नं. २ का सभासद् माननीय श्री प्रकाश शर्माज्यूबाट व्यक्तिगत रू. ५१ हजार रूपैया तथा सांसद् विकास काेषबाट थप अार्थिक सहयाेगकाे प्रतिबद्दता, धनादेवी शर्मा नारायणस्थान ८ कैयाबाट (सभानायक) रू. ३५ हजार, अन्य चन्दादाताबाट रू. ८ हजार ११५ तथा धनधान्याचल अायाेजक समितिका तर्फबाट रू. ३१ लाख ११ हजार ५४२ रूपैया सहित जम्मा रू. ५२ लाख ७५ हजार १८२ रूपैया अार्थिक संकलन भएकाे छ ।

समुद्घाटन समाराेहका केही झलकहरू

समुद्घाटन समाराेहका केही झलकहरू

समुद्घाटन समाराेहका केही झलकहरू

व्यवसायी एवं सफल उद्याेगी विषम श्रेष्ठ

उद्याेग वाणिज्य संघ पर्वतका पूर्व अध्यक्ष हाेमनारायण श्रेष्ठ

पर्वत अमेरीका समाजका अध्यक्ष श्री दुर्गाप्रसाद श्रेष्ठ

उद्याेगी एवं व्यवसायी श्री हरिनारायण श्रेष्ठ हर्कट्टा नवलपरासी


श्री गणेश महिला समुह नारायणस्थान ५



Monday, October 24, 2016

कवि भूपिनका कविता वाचन कार्यक्रम सम्पन्न

२०७३ साल कार्तिक ८ गते । श्री गणेश माध्यामिक विद्यालय ।

अाज मिति २०७३ साल कार्तिक ८ गते साेमबारका दिन श्री गणेश माध्यामिक विद्यालयस्थित श्री गणेश सामुदायिक अध्ययन केन्द्रकाे सभाहलमा भूपिनका कविता वाचन, भूपिनसंगकाे अन्तरसम्वाद तथा श्रष्टा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भयाे ।


कवि भूपीन, विव्यस अध्यक्ष नारायण श्रेष्ठ, सल्लाहकार झलक श्रेष्ठ, अादरणीय गुरू चुडामणी सुवेदी लयागत मंचमा प्रतिष्ठित व्यक्तित्वहरू 

नारायणस्थान जन्मघर भै चितवन नारायणघाटलार्इ अाफ्नाे कर्मघर बनाएका कवि भूपिन यस समयका एक बलशाली कविका रूपमा नेपाली साहित्यमा परिचित छन् । शिक्षण पेशाका साथसाथै उनले कवि व्यक्तित्वलार्इ पनि संगसंगै उत्तिकै शशक्त रूपमा लगेका छन् । पाेखरेली युवा सांस्कृतिक परीवारमा लामाे समय साहित्य साधना गरेका कवि भूपिन संरक्षण कविता अान्दाेलनका अभियन्ता मध्येका एक हुन् । साहित्यकार सरूभक्तसंगै उनी २०५५ सालमा संरक्षण कविता अान्दाेलनमा हाेमिएका थिए ।

अाफ्ना कविताहरू वाचन गर्दै कवि भूपिन ।

नारायणस्थान, पैयुपाटा र अमलाचाैर गाविसका विभिन्न साहित्यक व्यक्तित्व, राजनैतिक दलका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख, श्री गणेश माध्यामिक विद्यालय परिवार (विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक कर्मचारी) र यसै विद्यालयका कक्षा ९ र १० का विद्यार्थी भाइवहिनीहरू सम्मिलित उक्त कार्यक्रममा कविद्वय भूपीन र भरत बाग्लुङेलार्इ सम्मान पनि गरीएकाे थियाे । विद्यार्थी लक्षित उक्त कार्यक्रममा कवि भूपीनले अाफ्ना नाेटकाे जीवनी, घुम्रे जिवा, टाफिक दार्इ, स्याउ बाजे लगायत ८ वटा कविता वाचन गरेका थिए । कविता वाचन पश्चात विद्यार्थी र कवि भूपिनबीच अन्तरसम्वाद कार्यक्रम पनि संचालन भएकाे थियाे । अन्तरसम्बाद कार्यक्रम अत्यन्तै साैर्हादपूर्ण वातावरणमा सम्पन्न भएकाे थियाे । विद्यार्थी भाइवहिनीका सबै जिज्ञासाहरूकाे जवाफ कविबाट समाधान गरीएकाे थियाे । विद्यालयले यस प्रकारकाे कार्यक्रमलार्इ निरन्तरता दिइरहने जानकारी दिएकाे छ । यस प्रकारका कार्यक्रमले विद्यार्थी भाइवहिनीहरूकाे लागी सृजनात्मक प्लेटफर्म उपलब्ध गराएकाे तथा बलेवाकाे भुमीमा थप कवि भूपीन जन्माउन सहयाेग पुराउने विद्यालयका प्र.अ. श्री चुडामणी सुवेदीले विश्वास व्यक्त गर्नुभयाे । विद्यालयमा यस प्रकारका कार्यक्रमलार्इ निरन्तरता दिन पहल गर्ने प्रतिबद्दता पनि वहाँले व्यक्त गर्नुभयाे ।

कविता श्रवण गर्दै विद्यार्थी भाइवहिनी एवं साहित्यप्रेमीहरू

कार्यक्रम समग्रमा राम्राे रहेकाे तथा बाग्लुङ दक्षिण भेगमा गणेश माविले नाैलाे सुरूवात गरेकाे कार्यक्रम संचालक कवि भरत बाग्लुङेकाे भनाइ रहेकाे छ । यस्ता कार्यक्रमले भाइवहिनीहरूमा साहित्य सृजनामा जाँगर ल्याउने विश्वास वहाँले व्यक्त गर्नुभयाे ।

Friday, October 21, 2016

श्री मदभागवत् धनधान्याचल विराट ज्ञान महायज्ञकाे कामले गति लिंदै

६ कार्तिक, २०७३ (श्री गणेश माध्यामिक विद्यालय, नारायणस्थान)

श्री गणेश माध्यामिक विद्यालय, नारायणस्थानले यही मिति २०७३ साल मंसीर २८ गतेदेखी पाैष ५ गतेसम्म संचालन गर्न गैरहेकाे श्री मदभागवत् धनधान्याचल विराट ज्ञान महायज्ञकाे कामले तिब्रता लिइरहेकाे छ । कामकाे गतिलार्इ तिब्रता दिने क्रममा हाल श्री मदभागवत् धनधान्याचल विराट ज्ञान महायज्ञकाे लागी अावश्यक यज्ञस्थल सम्याउने काम  सम्पन्न भैसकेकाे छ भने श्री मदभागवत् धनधान्याचल विराट ज्ञान महायज्ञ अायाेजक समितिमा बढी भन्दा बढी अायाेजक समिति सदस्यहरू समेट्ने काम भैरहेकाे छ ।

महायज्ञ स्थलका लागी यज्ञस्थल सम्याउदै । महायज्ञस्थल विद्यालयकाे नवनिर्मित भवनकाे अगाडी बनाइदै छ । 

श्री मदभागवत् धनधान्याचल विराट ज्ञान महायज्ञ मुल समिति संयाेजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नारायण श्रेष्ठका अनुसार हालसम्म नारायणस्थान, पैयुपाटा, अमलाचाैरकाे सराङगे, र कुश्मा गरी १५०० जना भन्दा बढी अायाेजक समितिमा अावद्द भैसक्नु भएकाे छ । त्यसैगरी फलेवास, अमलाचाैर, कुश्मीशेरा, बाग्लुङ, बेनी, भकुण्डे, पाेखरा, नारायणघाट, बुटवल, काठमाण्डाै लगायतका शहरहरूमा पनि पुगी धेरै भन्दा धेरै व्यक्तिहरूलार्इ अायाेजक समितिमा समेट्ने लक्ष्य विद्यालयले राखेकाे छ ।

महायज्ञकाे क्रममा सहयाेग प्रदान गर्ने दाताहरूकाे नाममा दाेहाेरापना नअाअाेस्, अायव्यय व्यविस्थत हाेस् भन्नाका खातिर विद्यालयले सफ्टवयर निर्माणकाे कामलार्इ पनि गति दिइरहेकाे छ । सफ्टवयर निर्माणकाे जिम्मा लिनुभएका सफ्टवयर इन्जिनियर श्री प्रेम श्रेष्ठका अनुसार सफ्टवयर निर्माणकाे काम शुरू भैसकेकाे जानकारी दिनुभयाे । त्यसैगरी सामाजिक संजाल मार्फत पनि विद्यालयकाे गतिविधीलार्इ तिब्रता दिएकाे र छिटै नै विद्यालयकाे वेवसार्इट निर्माण गरीने र विद्यालयकाे हरेक गतिविधीलार्इ यसै वेवसार्इट मार्फत धेरै भन्दा धेरै शुभेच्छुक सम्म पुग्ने लक्ष्य विद्यालयले राखेकाे श्री गणेश माध्यामिक विद्यालय भूतपूर्व विद्यार्थी समाजका संयाेजक श्री ध्रुव श्रेष्ठले जानकारी दिनुभयाे ।

Tuesday, October 18, 2016

गणेश माध्यामिक विद्यालय पूर्व विद्यार्थी समाज (Ganesh High School Alumni Association-GASAA) गठन 

२ कार्तिक, २०७३ (नारायणस्थान, बाग्लुङ)

शुभ विजया दशमी २०७३ सालकाे उपलक्ष्यमा यही मिति २०७३ साल असाेज २२ गते फुलपातीका दिन श्री गणेश माविद्दारा अायाेजित शुभकामना अादानप्रदान कार्यक्रमकाे  शुभअवसरमा यस विद्यालयमा अध्ययन गरीसक्नुभएका झण्डै २५०० विद्यार्थीलार्इ समेटी विद्यालयले गुणस्तरीय शिक्षाकाे सन्दर्भमा गरेका राम्रा कामहरूकाे संरक्षण, सम्बर्धन र विस्तार गर्न तथा सरकारी विद्यालयमा पनि गुणस्तरीय शिक्षा संभव छ, मिलेर हामी सक्छाैं भन्ने अभियानलार्इ नेतृत्व दिन यस विद्यालयले श्री गणेश मावि भूतपूर्व विद्यार्थी समाजकाे गठन गरेकाे छ ।


झण्डै १०० जनाकाे हाराहारीमा उपस्थित पूर्व विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ माझ शुभकामना अादानप्रदान, पूनर्मिलन कार्यक्रम तथा यसै विद्यालयका पूर्व विद्यार्थी श्री ध्रुव श्रेष्ठकाे संयाेजकत्वमा श्री गणेश मावि भूतपूर्व विद्यार्थी समाजकाे गठनकाे घाेषणा गरीएकाे थियाे ।


श्री गणेश मावि भूतपूर्व विद्यार्थी समाजकाे अाैपचारीक गठन पश्चात प्रतिबद्दता व्यक्त गर्दै संयाेजक ध्रुव श्रेष्ठ ।
श्री गणेश मावि भूतपूर्व विद्यार्थी समाजलार्इ सही नेतृत्व दिन र सबै विद्यार्थीलार्इ समेट्नका लागि तत्काललार्इ संयाेजक मात्र ताेकिएकाे र संयाेजकले २०३७ सालदेखि यस विद्यालयमा भर्ना भै अध्ययन गर्नुभएका सम्पूर्ण विद्यार्थीकाे नामावली संकलन गरी १ ब्याचबाट कम्तीमा १ जना श्री गणेश मावि भूतपूर्व विद्यार्थी समाजमा समेट्ने हिसावले तयारी भैरहेकाे जानकारी समाजका संयाेजक श्री ध्रुव श्रेष्ठले जानकारी दिनुभयाे । साथै, यस विद्यालयबाट कम्तीमा एक शैक्षिक सत्र अध्ययन गर्नुभएका सबै साथीहरूलार्इ विद्यालयमा सम्पर्क गर्न वा विद्यालयकाे फेसबुक पेज वा समाजकाे फेसबुक पेजमा जाेडिन पनि अाव्हान गर्नुभयाे ।

Tuesday, October 11, 2016

शुभकामना अादानप्रदान तथा जलपान समाराेह कार्यक्रम सम्पन्न ।


असाेज २६, नारायणस्थान, बागलुङ ।

श्री गणेश माध्यामिक विद्यालय, नारायणस्थान ५, बाग्लुङकाे अायाेजनामा यही मिति २०७३ साल असाेज २२ गते फुलपातीका दिन विजया दशमी २०७३ सालकाे उपलक्ष्यमा यस विद्यालयमा अध्ययन पुरा गर्नुभएका पूर्व विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, पूर्व शिक्षकहरूसंगकाे पूर्नमिलन तथा जलपान समाराेह एक भव्य कार्यक्रमका बीच सम्पन्न भयाे ।



झण्डै १०० जना उपस्थित रहेकाे उक्त कार्यक्रममा  विद्यालयका पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारी, शिक्षक अभिभावक संघका पूर्व पदाधिकारी तथा पूर्व विद्यार्थीहरूलार्इ खादा अाेढार्इ सम्मान व्यक्त गरीएकाे थियाे । यसै क्रममा पूर्व विद्यार्थीहरू समेट्नका लागी श्री ध्रुव श्रेष्ठकाे संयाेजकत्वमा  गणेश मावि पूर्व विद्यार्थी समाज गठन समेत गरीयाे । यस समाज मार्फत सम्पूर्ण विद्यार्थी भाइवहिनीहरू एकबद्द भै विद्यालयकाे श्रीवृद्दीका लागी लागीपर्ने अपेक्षा गरीएकाे छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नारायण श्रेष्ठकाे सभापतित्वमा विद्यालयका प्र.अ. श्री चुडामणी सुवेदीले उक्त कार्यक्रम संचालन गर्नुभएकाे थियाे ।


Sunday, October 2, 2016

दानदाताज्यूहरूकाे सम्मान प्रावधान