Monday, October 24, 2016

कवि भूपिनका कविता वाचन कार्यक्रम सम्पन्न

२०७३ साल कार्तिक ८ गते । श्री गणेश माध्यामिक विद्यालय ।

अाज मिति २०७३ साल कार्तिक ८ गते साेमबारका दिन श्री गणेश माध्यामिक विद्यालयस्थित श्री गणेश सामुदायिक अध्ययन केन्द्रकाे सभाहलमा भूपिनका कविता वाचन, भूपिनसंगकाे अन्तरसम्वाद तथा श्रष्टा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भयाे ।


कवि भूपीन, विव्यस अध्यक्ष नारायण श्रेष्ठ, सल्लाहकार झलक श्रेष्ठ, अादरणीय गुरू चुडामणी सुवेदी लयागत मंचमा प्रतिष्ठित व्यक्तित्वहरू 

नारायणस्थान जन्मघर भै चितवन नारायणघाटलार्इ अाफ्नाे कर्मघर बनाएका कवि भूपिन यस समयका एक बलशाली कविका रूपमा नेपाली साहित्यमा परिचित छन् । शिक्षण पेशाका साथसाथै उनले कवि व्यक्तित्वलार्इ पनि संगसंगै उत्तिकै शशक्त रूपमा लगेका छन् । पाेखरेली युवा सांस्कृतिक परीवारमा लामाे समय साहित्य साधना गरेका कवि भूपिन संरक्षण कविता अान्दाेलनका अभियन्ता मध्येका एक हुन् । साहित्यकार सरूभक्तसंगै उनी २०५५ सालमा संरक्षण कविता अान्दाेलनमा हाेमिएका थिए ।

अाफ्ना कविताहरू वाचन गर्दै कवि भूपिन ।

नारायणस्थान, पैयुपाटा र अमलाचाैर गाविसका विभिन्न साहित्यक व्यक्तित्व, राजनैतिक दलका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख, श्री गणेश माध्यामिक विद्यालय परिवार (विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक कर्मचारी) र यसै विद्यालयका कक्षा ९ र १० का विद्यार्थी भाइवहिनीहरू सम्मिलित उक्त कार्यक्रममा कविद्वय भूपीन र भरत बाग्लुङेलार्इ सम्मान पनि गरीएकाे थियाे । विद्यार्थी लक्षित उक्त कार्यक्रममा कवि भूपीनले अाफ्ना नाेटकाे जीवनी, घुम्रे जिवा, टाफिक दार्इ, स्याउ बाजे लगायत ८ वटा कविता वाचन गरेका थिए । कविता वाचन पश्चात विद्यार्थी र कवि भूपिनबीच अन्तरसम्वाद कार्यक्रम पनि संचालन भएकाे थियाे । अन्तरसम्बाद कार्यक्रम अत्यन्तै साैर्हादपूर्ण वातावरणमा सम्पन्न भएकाे थियाे । विद्यार्थी भाइवहिनीका सबै जिज्ञासाहरूकाे जवाफ कविबाट समाधान गरीएकाे थियाे । विद्यालयले यस प्रकारकाे कार्यक्रमलार्इ निरन्तरता दिइरहने जानकारी दिएकाे छ । यस प्रकारका कार्यक्रमले विद्यार्थी भाइवहिनीहरूकाे लागी सृजनात्मक प्लेटफर्म उपलब्ध गराएकाे तथा बलेवाकाे भुमीमा थप कवि भूपीन जन्माउन सहयाेग पुराउने विद्यालयका प्र.अ. श्री चुडामणी सुवेदीले विश्वास व्यक्त गर्नुभयाे । विद्यालयमा यस प्रकारका कार्यक्रमलार्इ निरन्तरता दिन पहल गर्ने प्रतिबद्दता पनि वहाँले व्यक्त गर्नुभयाे ।

कविता श्रवण गर्दै विद्यार्थी भाइवहिनी एवं साहित्यप्रेमीहरू

कार्यक्रम समग्रमा राम्राे रहेकाे तथा बाग्लुङ दक्षिण भेगमा गणेश माविले नाैलाे सुरूवात गरेकाे कार्यक्रम संचालक कवि भरत बाग्लुङेकाे भनाइ रहेकाे छ । यस्ता कार्यक्रमले भाइवहिनीहरूमा साहित्य सृजनामा जाँगर ल्याउने विश्वास वहाँले व्यक्त गर्नुभयाे ।

No comments:

Post a Comment