Friday, October 21, 2016

श्री मदभागवत् धनधान्याचल विराट ज्ञान महायज्ञकाे कामले गति लिंदै

६ कार्तिक, २०७३ (श्री गणेश माध्यामिक विद्यालय, नारायणस्थान)

श्री गणेश माध्यामिक विद्यालय, नारायणस्थानले यही मिति २०७३ साल मंसीर २८ गतेदेखी पाैष ५ गतेसम्म संचालन गर्न गैरहेकाे श्री मदभागवत् धनधान्याचल विराट ज्ञान महायज्ञकाे कामले तिब्रता लिइरहेकाे छ । कामकाे गतिलार्इ तिब्रता दिने क्रममा हाल श्री मदभागवत् धनधान्याचल विराट ज्ञान महायज्ञकाे लागी अावश्यक यज्ञस्थल सम्याउने काम  सम्पन्न भैसकेकाे छ भने श्री मदभागवत् धनधान्याचल विराट ज्ञान महायज्ञ अायाेजक समितिमा बढी भन्दा बढी अायाेजक समिति सदस्यहरू समेट्ने काम भैरहेकाे छ ।

महायज्ञ स्थलका लागी यज्ञस्थल सम्याउदै । महायज्ञस्थल विद्यालयकाे नवनिर्मित भवनकाे अगाडी बनाइदै छ । 

श्री मदभागवत् धनधान्याचल विराट ज्ञान महायज्ञ मुल समिति संयाेजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नारायण श्रेष्ठका अनुसार हालसम्म नारायणस्थान, पैयुपाटा, अमलाचाैरकाे सराङगे, र कुश्मा गरी १५०० जना भन्दा बढी अायाेजक समितिमा अावद्द भैसक्नु भएकाे छ । त्यसैगरी फलेवास, अमलाचाैर, कुश्मीशेरा, बाग्लुङ, बेनी, भकुण्डे, पाेखरा, नारायणघाट, बुटवल, काठमाण्डाै लगायतका शहरहरूमा पनि पुगी धेरै भन्दा धेरै व्यक्तिहरूलार्इ अायाेजक समितिमा समेट्ने लक्ष्य विद्यालयले राखेकाे छ ।

महायज्ञकाे क्रममा सहयाेग प्रदान गर्ने दाताहरूकाे नाममा दाेहाेरापना नअाअाेस्, अायव्यय व्यविस्थत हाेस् भन्नाका खातिर विद्यालयले सफ्टवयर निर्माणकाे कामलार्इ पनि गति दिइरहेकाे छ । सफ्टवयर निर्माणकाे जिम्मा लिनुभएका सफ्टवयर इन्जिनियर श्री प्रेम श्रेष्ठका अनुसार सफ्टवयर निर्माणकाे काम शुरू भैसकेकाे जानकारी दिनुभयाे । त्यसैगरी सामाजिक संजाल मार्फत पनि विद्यालयकाे गतिविधीलार्इ तिब्रता दिएकाे र छिटै नै विद्यालयकाे वेवसार्इट निर्माण गरीने र विद्यालयकाे हरेक गतिविधीलार्इ यसै वेवसार्इट मार्फत धेरै भन्दा धेरै शुभेच्छुक सम्म पुग्ने लक्ष्य विद्यालयले राखेकाे श्री गणेश माध्यामिक विद्यालय भूतपूर्व विद्यार्थी समाजका संयाेजक श्री ध्रुव श्रेष्ठले जानकारी दिनुभयाे ।

No comments:

Post a Comment