Monday, September 19, 2016

श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञमा सहभागीताका लागी हार्दिक अपिल

(श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञकाे अायाेजनाका लागी सार्इत जुराउँदै ।)
३ असाेज, २०७३ । श्री गणेश माध्यामिक विद्यालय अवसरले भरीपूर्ण भविष्यमा विश्वास गर्दछ । त्यस्ताे भविष्य जहाँ सही शिक्षा र सीपबाट सुसज्जित मानव संसाधनका माध्यमबाट विकाशाेन्मुख देशहरू अाफ्नाे सुदुर भविष्य निर्माणका लागी नयाँ गाेरेटाे काेर्न सक्छन् । श्री गणेश माध्यामिक विद्यालय विश्वास गदर्छ कि शिक्षा नै गरीवी, असमानता र अस्थिरता हटाउने अनि जलवायु परीवर्तन, राेगब्याधी र अतिवादसंग लड्ने अचुक अस्त्र हाे । र, गणेश माध्यामिक विद्यालय याे कुरामा पनि सचेत छ कि सारा संसारकाे अर्थतन्त्र एक अापसमा अर्न्तनिर्भर छन् । यसरी एकअापसमा अर्न्तनिर्भर अर्थतन्त्रमा अाजका युवाहरूलार्इ समय सुहाउँदाे शिक्षा र सीप प्रदान नगर्नु देशका लागि अार्थिक र सामाजिक रूपमा ठूलाे नाेक्सानी हुनेछ । हामी अतितमा फर्केर हेर्नु अावश्यक छैन कि,यदी हामीले प्रतिबद्दता गरेकाे कुराबाट हामी बिमुख भयाैं भने देश कहाँ पुग्छ । अवसरबाट बन्चित युवाहरू सजिलै षडयन्त्र, जालझेल र अतिवादकाे दुष्चक्रमा फस्नेछन् । तसर्थ, विद्यार्थीहरूलार्इ समय सापेक्ष २१ अाैं शताब्दीका लागी अावश्यक शिक्षा र सीप प्रदान गर्नु अाज अपरिहार्य भैसकेकाे छ । सरकारी विद्यालयमा पनि गुणस्तरीय शिक्षा संभव छ, मिलेर हामी सक्छाैं भन्ने भनाइलाइ गणेश माविले साथर्क तुल्याउन सकेकाे छ । यसै सन्दर्भमा यस विद्यालयले अाफ्ना बालबालिकालार्इ २१ अाैं शताब्दीका चुनाैतीहरूलार्इ सामना गर्न सक्ने बनाउन र गुणस्तरीय शिक्षामा भैरहेकाे प्रयासकाे सम्बर्धन, संरक्षण र विस्तार गर्न अावश्यक पूर्वाधार विकासका लागी यही मंसीर २८ गतेदेखि पाैष ५ गतेसम्म विद्यालय प्राङणमा श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञकाे अायाेजना गर्न गैरहेकाे छ । समस्त शुभचिन्तक, धर्मानुरागी, शिक्षाप्रेमी, समाजसेवी, राजनितीककर्मी, शिक्षाविद्, अभिभावक सबैमा यस पुनित कार्यमा उपस्थितिका लागी सविनय अनुराेध छ ।

No comments:

Post a Comment