Tuesday, October 11, 2016

शुभकामना अादानप्रदान तथा जलपान समाराेह कार्यक्रम सम्पन्न ।


असाेज २६, नारायणस्थान, बागलुङ ।

श्री गणेश माध्यामिक विद्यालय, नारायणस्थान ५, बाग्लुङकाे अायाेजनामा यही मिति २०७३ साल असाेज २२ गते फुलपातीका दिन विजया दशमी २०७३ सालकाे उपलक्ष्यमा यस विद्यालयमा अध्ययन पुरा गर्नुभएका पूर्व विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, पूर्व शिक्षकहरूसंगकाे पूर्नमिलन तथा जलपान समाराेह एक भव्य कार्यक्रमका बीच सम्पन्न भयाे ।



झण्डै १०० जना उपस्थित रहेकाे उक्त कार्यक्रममा  विद्यालयका पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारी, शिक्षक अभिभावक संघका पूर्व पदाधिकारी तथा पूर्व विद्यार्थीहरूलार्इ खादा अाेढार्इ सम्मान व्यक्त गरीएकाे थियाे । यसै क्रममा पूर्व विद्यार्थीहरू समेट्नका लागी श्री ध्रुव श्रेष्ठकाे संयाेजकत्वमा  गणेश मावि पूर्व विद्यार्थी समाज गठन समेत गरीयाे । यस समाज मार्फत सम्पूर्ण विद्यार्थी भाइवहिनीहरू एकबद्द भै विद्यालयकाे श्रीवृद्दीका लागी लागीपर्ने अपेक्षा गरीएकाे छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नारायण श्रेष्ठकाे सभापतित्वमा विद्यालयका प्र.अ. श्री चुडामणी सुवेदीले उक्त कार्यक्रम संचालन गर्नुभएकाे थियाे ।


No comments:

Post a Comment