Tuesday, October 18, 2016

गणेश माध्यामिक विद्यालय पूर्व विद्यार्थी समाज (Ganesh High School Alumni Association-GASAA) गठन 

२ कार्तिक, २०७३ (नारायणस्थान, बाग्लुङ)

शुभ विजया दशमी २०७३ सालकाे उपलक्ष्यमा यही मिति २०७३ साल असाेज २२ गते फुलपातीका दिन श्री गणेश माविद्दारा अायाेजित शुभकामना अादानप्रदान कार्यक्रमकाे  शुभअवसरमा यस विद्यालयमा अध्ययन गरीसक्नुभएका झण्डै २५०० विद्यार्थीलार्इ समेटी विद्यालयले गुणस्तरीय शिक्षाकाे सन्दर्भमा गरेका राम्रा कामहरूकाे संरक्षण, सम्बर्धन र विस्तार गर्न तथा सरकारी विद्यालयमा पनि गुणस्तरीय शिक्षा संभव छ, मिलेर हामी सक्छाैं भन्ने अभियानलार्इ नेतृत्व दिन यस विद्यालयले श्री गणेश मावि भूतपूर्व विद्यार्थी समाजकाे गठन गरेकाे छ ।


झण्डै १०० जनाकाे हाराहारीमा उपस्थित पूर्व विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ माझ शुभकामना अादानप्रदान, पूनर्मिलन कार्यक्रम तथा यसै विद्यालयका पूर्व विद्यार्थी श्री ध्रुव श्रेष्ठकाे संयाेजकत्वमा श्री गणेश मावि भूतपूर्व विद्यार्थी समाजकाे गठनकाे घाेषणा गरीएकाे थियाे ।


श्री गणेश मावि भूतपूर्व विद्यार्थी समाजकाे अाैपचारीक गठन पश्चात प्रतिबद्दता व्यक्त गर्दै संयाेजक ध्रुव श्रेष्ठ ।
श्री गणेश मावि भूतपूर्व विद्यार्थी समाजलार्इ सही नेतृत्व दिन र सबै विद्यार्थीलार्इ समेट्नका लागि तत्काललार्इ संयाेजक मात्र ताेकिएकाे र संयाेजकले २०३७ सालदेखि यस विद्यालयमा भर्ना भै अध्ययन गर्नुभएका सम्पूर्ण विद्यार्थीकाे नामावली संकलन गरी १ ब्याचबाट कम्तीमा १ जना श्री गणेश मावि भूतपूर्व विद्यार्थी समाजमा समेट्ने हिसावले तयारी भैरहेकाे जानकारी समाजका संयाेजक श्री ध्रुव श्रेष्ठले जानकारी दिनुभयाे । साथै, यस विद्यालयबाट कम्तीमा एक शैक्षिक सत्र अध्ययन गर्नुभएका सबै साथीहरूलार्इ विद्यालयमा सम्पर्क गर्न वा विद्यालयकाे फेसबुक पेज वा समाजकाे फेसबुक पेजमा जाेडिन पनि अाव्हान गर्नुभयाे ।

No comments:

Post a Comment