Sunday, September 25, 2016

सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा संभव छ, मिलेर हामी सक्छाैं ।

श्री गणेश माध्यामिक विद्यालय विगत एक दशक देखि अाफ्ना बालबालिकालार्इ गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि निरन्तर रूपमा लागीपरेकाे छ र विद्यालयले सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा संभव छ, मिलेर हामी सक्छाैं भन्ने अाफ्नाे विश्वासलार्इ साथर्क तुल्याउन सकेकाे छ । मेहनती विद्यार्थी भाइबहिनी, लगनशील शिक्षक, प्रतिबद्द व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ, सहयाेगी अभिभावक र मनकारी संघसंस्थाहरूकाे संयुक्त प्रयासबाट याे कुरा संभव हुन सकेकाे हाे । वि.सं. २०६५ सालदेखि प्रवेशिका परिक्षामा सामेल भएकाे विद्यालय शुरूदेखि नै अब्बल दर्जाकाे सामुदायिक विद्यालयकाे रूपमा अाफुलार्इ चिनाउन सकेकाे छ । यही ३७ अाैं शिक्षा दिवसकाे अवसरमा श्री गणेश माध्यामिक विद्यालय पश्चिमान्चल क्षेत्रकै उत्कृष्ट विद्यालय र देशभरमा उत्कृष्ट तेस्राे भै शिक्षा मन्त्रालयबाट सम्मानित हुन पुग्याे । यही वर्ष यस विद्यालयका प्रध्यानाध्यापक श्री चुडामडी सुवेदी पिपि प्रसार्इ उत्कृष्ट शिक्षकबाट सम्मानित हुन पुग्नुभयाे । यसै सन्दर्भमा विद्यालयकाे गुणस्तरीय शिक्षा अभियानका सम्बन्धमा विद्यालयका प्र अ श्री चुडामडी सुवेदीसंगकाे अन्तर्वार्ता यहाँ प्रस्तुत गरीएकाे छ ।



हालसालै श्री  गणेश माध्यामिक विद्यालय पश्चिमान्चल क्षेत्रकै उत्कृष्ट विद्यालय र देशभरमा उत्कृष्ट तेस्राे भै शिक्षा मन्त्रालयबाट सम्मानित हुन पुग्याे । यहाँलार्इ कस्ताे लागेकाे छ ?

याे उपलब्धी हाम्राे विद्यालयले प्राप्त गरेकाे अहिले सम्मकै सबै भन्दा ठूलाे र महत्वपूर्ण उपलब्धी हाे । याे उपलब्धीले हामी गाैरन्वान्वित भएका छाैं । गरे नसकिने केही रहेनछसामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा संभव छ, मिलेर हामी सक्छाैं भन्ने अाफ्नाे विश्वासलार्इ अझ दरिलाे बनाएकाे छ । साथसाथै विद्यालयले प्राप्त गरेकाे याे शाखलार्इ जाेगाइराख्ने थप जिम्मेवारी पनि काँधमा थपिएकाे छ ।

याे उपलब्धी कसरी संभव हुन सक्याे ?

याे उपलब्धी एक दशकदेखिकाे विद्यालय परिवारकाे अथक प्रयासबाट संभव हुन सकेकाे हाे । सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा संभव छ, मिलेर हामी सक्छाैं भन्ने विश्वास हामी सबैमा थियाे । यही विश्वासलार्इ मुतर्रूप दिन विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावक सबै रातदिन खट्नुभयाे । विद्यार्थीहरू मेहनती भए, उनीहरू निरन्तर विद्यालय उपस्थित भए, कक्षा कार्य, गृहकार्य, परियाेजना कार्य नियमित रूपमा गर्ने भए । अभिभावकले अाफ्ना नानीहरूका लागी पढ्न समय दिए । घरघरमा पढ्ने बानीकाे विकास भयाे । हाम्रा पालामा विहान वा बेलुका एक डाेकाे घाँस नकाटी धरै थिएन । खेतीपातीकाे काममा नलागी हुँदैनथ्याे । विद्यालय सकेपछि हामी हाम्रा बाअामालार्इ खेतबारीमा खाेज्दै जानुपर्थ्याे । अहिले हाम्राे विद्यालयमा अभिभावकहरू अाफ्ना नानीबाबुहरूलार्इ ९ः४५ मा विद्यालय पुराउन र ४ः०० बजे लिन अाइपुग्नुहुन्छ । हामीले मासिक रूपमा अभिभावकहरूकाे भेला बाेलाउँछाैं त्यसमा सक्रिय सहभागी हुनुहुन्छ । नानीबाबुहरूका लागी कापी, कलम, झाेलाकाे व्यवस्था गरीदिनुहुन्छ । विद्यालयले संचालन गरेकाे अतिरिक्त कक्षाहरूमा बालबालिकालार्इ पढ्न पठाउनुहुन्छ । सचेत अभिभावककाे भूमिका जिम्मेवारीपूर्ण ढंगले निर्वाह गर्नुभएकाे छ । हाम्राे शिक्षक साथीहरूले बालबालिकाकाे सिकाइ उपलब्धीलार्इ अाफ्नाे मन्त्र ठान्नुभयाे र लगन र मेहनत साथ दत्तचित्तका साथ लाग्नुभयाे । नियमित शिक्षक बैठकमा सहभागी भै कसरी गुणस्तरता कायम गर्न सकिन्छ भन्ने कुरामा बहस गर्नुभयाे । विद्यालयकाे नीतिनियममा रही काम गर्नुभयाे । हामीले विद्यार्थीकाे निरन्तर मुल्यांकन पद्दतीलार्इ विद्यार्थीकाे सिकाइ मापनकाे अाैजारका रूपमा प्रयाेग गर्न सफल भयाैं । अनुशासित शिक्षक हाम्राे सफलताकाे एक कडी हाे । हाम्रा शिक्षकहरू, राम्रा शिक्षकमा दरिनुभयाे । विद्यार्थी र समुदायप्रति उत्तरदायी हुनुभयाे । शिक्षककाे निरन्तर सिकाइमा विश्वास गर्नुभयाे । अन्य विद्यालयका शिक्षकहरूबाट नकरात्मक टिप्पणीका बाबजूद अाफ्नाे कर्ममा निरन्तर लाग्नु भयाे । त्यसै गरी विद्यालय व्यवस्थापन समिति रातिदिन नभनी कसरी विद्यालयकाे पूर्वाधार विकास गर्न सकिन्छ, कसरी प्रतिबद्द शिक्षक तयार पार्ने, याेग्य र सक्षम शिक्षककाे पहिचान गरी सक्षमताका अाधारमा कसरी जिम्मेवारी दिने, अभिभावकलार्इ सामुदायिक विद्यालयप्रति विश्वासकाे वातावरण तयार पार्न खटिनुभयाे । शिक्षक अभिभावक संघ, अभिभावक र शिक्षककाे बीचमा अर्थपूर्ण संयाेजनकारी भूमिकामा देखिनुभयाे । विद्यालयमा बालमैत्री विद्यालय वातावरण सृजना गर्ने, शिक्षकहरूलार्इ बालकेन्द्रित सिकार्इमा प्रतिबद्द् भै लाग्न अभिप्रेरित गर्नुभयाे । 

हामीले विभिन्न सामाजिक संघसंस्था, सरकारी निकायसंग पनि सुझबुझपूर्ण समझदारी कायम गर्याै । हामीसंग अहिले र्इ पाटी, कम्प्युटर ल्याव, मल्टिमिडिया लगायतका शैक्षिक सामाग्री छन् । यसले हाम्राे सिकाइ प्रक्रियालार्इ सहज र प्रभावकारी बनाइदियाे । यी सबै कुराकाे संयाेजनले नै हामी हाम्राे अहिलेकाे उपलब्धी हासिल गर्न सक्याैं । 

विद्यालयकाे अवकाे चुनाैतीहरू के के हुन् भन्ने लाग्छ ? 


चुनाैती थुप्रै छन् । हामीलार्इ लाग्छ याे त खाली शुरूवात मात्र हाे । अवकाे २० वर्षमा विद्यालयलार्इ देशकै एक नमुना सामुदायिक विद्यालयका रूपमा विकास गर्ने लक्ष्य राखेका छाैं । श्री गणेश माध्यामिक विद्यालयले अाफ्ना विद्यार्थीलार्इ प्रदान गर्ने शिक्षामा गुणस्तरीयता कायम गर्न, गुणस्तरीय शिक्षाका क्षेत्रमा विद्यालयबाट भैरहेका कामहरूकाे संरक्षण, सम्बर्धन र विस्तार गर्नु पनि हाम्राे थप कार्यभार हाे । यी सबै चुनाैती नै त हुन् ।  हामी चुनाैतीबाट भागेनाै बरू यसलार्इ अवसरका रूपमा लियाैं । 

Quality Costs Money. बजारमा रू. ५००।०० काे पनि टिसर्ट पाइन्छ  अनि रू. २०००।०० काे पनि । तर गुणस्तर त फरक हुन्छ नि । हाल गणेश माविमा प्रति विद्यार्थी लागत झण्डै १००००।०० प्रति वर्ष छ ।  जव कि कुनै कुनै नीजि विद्यालयकाे याे मासिक शुल्क हाे । सरकार गुणस्तर शिक्षा प्रदान गर भन्ने तर लगानी गर्न नसक्ने । यस्ताे अवस्थामा कसरी हामी नीजि विद्यालयसंग प्रतिस्पर्धा गर्न सक्छाैं । अनिवार्य र निशुल्क शिक्षाकाे नारासंगै लगानी पनि ल्याउनुपर्याे । नत्र यसले समस्यामात्र सिर्जना गर्दछ । हामीसंग १५ जना दरबन्दीका शिक्षक हुनुहुन्छ तर कार्यरत शिक्षक कमर्चारी ३७ जना हुनुहुन्छ । ६९० जना विद्यार्थी अध्ययनरत हुनुहुन्छ । २२ जना शिक्षकलार्इ नीजि श्राेतबाट व्यवस्थापन गर्नु कम चुनाैतीपूर्ण छैन । 

श्री गणेश माध्यामिक विद्यालय अवसरले भरीपूर्ण भविष्यमा विश्वास गर्दछ । त्यस्ताे भविष्य जहाँ सही शिक्षा र सीपबाट सुसज्जित मानव संसाधनका माध्यमबाट विकाशाेन्मुख देशहरू अाफ्नाे सुदुर भविष्य निर्माणका लागी नयाँ गाेरेटाे काेर्न सक्छन् । गणेश माध्यामिक विद्यालय विश्वास गदर्छ कि शिक्षा नै गरीवी, असमानता र अस्थिरता हटाउने अनि जलवायु परीवर्तन, राेगब्याधी र अतिवादसंग लड्ने अचुक अस्त्र हाे । र, गणेश माध्यामिक विद्यालय याे कुरामा पनि सचेत छ कि सारा संसारकाे अर्थतन्त्र एक अापसमा अर्न्तनिर्भर छन् । यसरी एकअापसमा अर्न्तनिर्भर अर्थतन्त्रमा अाजका युवाहरूलार्इ समय सुहाउँदाे शिक्षा र सीप प्रदान नगर्नु देशका लागि अार्थिक र सामाजिक रूपमा ठूलाे नाेक्सानी हुनेछ । हामी अतितमा फर्केर हेर्नु अावश्यक छैन कि, यदी हामीले प्रतिबद्दता गरेकाे कुराबाट हामी बिमुख भयाैं भने देश कहाँ पुग्छ । अवसरबाट बन्चित युवाहरू सजिलै षडयन्त्र, जालझेल र अतिवादकाे दुष्चक्रमा फस्छन् । तसर्थ, विद्यार्थीहरूलार्इ समय सापेक्ष २१ अाैं शताब्दीका लागी अावश्यक शिक्षा र सीप प्रदान गर्नु अाज अपरिहार्य भैसकेकाे छ ।

विद्यालयले परिकल्पना गरेकाे लक्ष्य संभव देख्नुहुन्छ ? याे अति नै महत्वाकांक्षी भएन र ? 

लक्ष्य महत्वाकांक्षी भन्दा पनि चुनाैतीपूर्ण छ भन्छु म । लक्ष्य भनेकै के त ? अाअाफ्ना परिभाषा हाेलान् । अाज भन्दा १० वर्ष अगाडि एउटा लक्ष्य नबाेकेका भए हामी अहिले याे अवस्थामा अाउने नै थिएनाैं । हामीसंग लगनशील शिक्षक साथीहरू, प्रतिबद्द विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ, सहयाेगी अभिभावक हुनुहुन्छ । यसैगरी जिल्ला र केन्द्र तहमा हामीलार्इ प्राविधक सहयाेग गर्ने प्रबुद्द समुह हमेशा तयार छ ।  हाम्राे सफलताकाे विश्वास यही नै हाे ।  

विद्यालयले राखेकाे लक्ष्य प्राप्तिका याेजनाहरू के के छन् त ? विना याेजना त केही संभव नहाेला । 

हाे, लक्ष्य संगसंगै त्याे लक्ष्य सम्म पुग्ने बाटाे अवश्य चाहिन्छ । हामीले विद्यालयकाे २० वर्षे कार्यक्रम र नीतिकाे रूपरेखा ल्याइसकेका छाैं । याे हाम्राे मार्गदर्शक हुनेछ । यसलार्इ कार्यान्वयन गर्न विद्यालयले विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय निकाय र अन्य सहयाेगी संघसंस्थासंगकाे समन्वयमा विद्यालय सुधार याेजनाकाे निर्माण गर्नेछ र साेही अनुरूप अगाडि बढ्नेछ । केन्द्रमास्थित प्रवुद्द समुहबाट यसमा हामीलार्इ दिशानिर्देश प्राप्त हुनेछ । यसकाे पूर्वाधार विकासका लागी हामीले यही मंसीर २८ गतेदेखि पाैष ५ गतेसम्म विद्यालय प्राङ्गणमा श्रीमद् भागवत धनधान्याचल विराट ज्ञान महायज्ञकाे अायाेजना गर्न गैरहेका छाैं । रू. २ कराेड उठाउने लक्ष्य सहित हामी अगाडि बढेका छाैं ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ ?

गणेश माविकाे यस उपलब्धी प्राप्त गर्न सहयाेगी सबैमा मेराे तथा विद्यालयकाे तर्फबाट हार्दिक धन्यवाद र अाभार व्यक्त गर्न चाहान्छु । यसै गरी अागामी दिनहरूमा पनि यहाँहरूकाे मायालु साथ रहिरहने विश्वास छ । म त एक कारक मात्र हाे । कर्ता त यहाँहरू हाे । याे सफलता यहाँहरू सबैकाे हाे । यस सफलतालार्इ हामी सबै मिलेर खुशी साथ मनाअाैं । 

(याे संपादित अंश ३७ अाैं शिक्षा दिवशका अवसरमा विद्यालयका प्र.अ. श्री चुडामणी सुवेदीसंगकाे  कुराकानीका अाधारमा तयार पारीएकाे हाे ।)





No comments:

Post a Comment