Tuesday, September 20, 2016

श्रीमद् भावगत धनधान्याचल विराट ज्ञान महायज्ञ संचालनका लागी अायाेजक समिति बन्दै 

(अायाेजक समितिकाे गठन गरींदै )

५ असाेज, २०७३ 

श्री गणेश माध्यामिक विद्यालय नारायणस्थान ५, बाग्लुङले विद्यालयमा शैक्षिक सुधार एवं विद्यालयकाे स्तराेन्नतिकाे लागी यही मिति २०७३ साल मंसीर २८ गते देखि पाैष ५ गतेसम्म श्रीमद् भावगत धनधान्याचल विराट ज्ञान महायज्ञ संचालनकाे पूर्व तयारी गरीरहेकाे छ । यसै सन्दर्भमा विद्यालयले ३०० जनाकाे एक मुल समिति बनाइ अाफ्नाे कामलार्इ अगाडी बढाएकाे छ । मुलसमितिले हालसम्म महायज्ञकाे प्रचारप्रसारका लागि ब्राेसर तथा पर्चा बनाउने काम, महायज्ञमा दान दक्षिणा र सहयाेग प्रदान गर्ने दातालार्इ सम्मान गर्न नीति नियम बनाउने, विद्यालयकाे अागामी कार्यक्रम निर्धारण गर्ने, अक्षयकाेष संचालन कार्यविधी तयार पार्ने अादी महत्वपूर्ण कामहरू सम्पन्न गरीसकेकाे छ । हाल गाउँस्तरमा अायाेजक समिति बनाउने काम तिब्रतापूर्वक भैरहेकाे श्रीमद् भावगत धनधान्याचल विराट ज्ञान महायज्ञ मुल समितिका संयाेजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नारायण श्रेष्ठबाट जानकारीमा अाएकाे छ र विद्यालयले नारायणस्थान, पैयुपाटा, अमलाचाैर, कुश्मीसेरा तथा भकुण्डे लगायतका गाउँ विकास समितिबाट धेरै भन्दा धेरै अायाेजकहरू बनाउने संकल्प गरेकाे छ । त्यसैगरी काठमाण्डाै लगायत देशका अन्य भागमा रहेका तथा विदेशस्थित गणेश माविका शुभचिन्तकहरूलार्इ  पनि अायाेजक समिति सदस्यका रूपमा  समेट्ने काम अगाडी बढीरहेकाे छ । अायाेजक समिति सदस्य बन्नका लागी रू. २०००।०० लाग्ने काेषाध्यक्ष श्री स्वर्गेन्द्र बहादुर खत्रीले  बताउनु भयाे । 

महायज्ञकाे कामकाे प्रचारप्रसारका लागी विद्यालयले अाफ्नाे फेसबुक पेज https://www.facebook.com/GaneshHighSchool र ब्लग www.ganeshschoolbaglung.blogspot.com निर्माण गरी भैरहेका कामहरू सबै समक्ष प्रस्तुत गर्ने काम पनि गरीरहेकाे छ ।  थप जानकारीका लागी  विद्यालयकाे फेसबुक पेज र ब्लगमा लगइन गर्नुहुन विद्यालय परीवार हार्दिक अनुराेध गर्दछ । 

No comments:

Post a Comment